तिहारको अवसरमा टेलिकमद्धारा यस्तो अफर

काठमाडौं ः नेपालीको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा नेपाल टेलिकमले आकर्षक छुट उपलब्ध गराउने भएको छ । उक्त अवसरमा नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा विशेष बोनस उपलब्ध गराउने भएको छ ।

योभन्दा पहिलेदेखि नै उपलब्ध भएको फोरजी(एलटिइ र अन्य सेवामा समेत विशेष छुटसहितका अफरलाई निरन्तरता दिइएको छ । आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा ग्राहकलाई बोनस प्रदान गरिने टेलिकमले बताएको छ ।

यस योजनामा ५०, सय र २ सयको रिचार्जमा १० प्रतिशत र पाँच सय र हजारको रिचार्जमा २० प्रतिशत बोनस प्राप्त गरिने छ । त्यसैगरी एमपोसमा १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र पाँच सयदेखि माथि रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध गरिने छ ।

उक्त बोनोस तीन दिनसम्मका लागि हुनेछ । अर्को सूचना नभएसम्मको लागी यो अफर निरन्तर रहने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •