ट्रकले लियो बालकको ज्यान

काठमाडौँ नेपालमा दैनिक रुपमा सडक दुर्घटनामा परी मानिसको ज्यान जाने गरेको छ ।

त्यस्तै भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ सडकस्थित जमुना पैनीमा ट्रकको ठक्करबाट १४ वर्षीय बालकको ज्यान गएको छ । दुर्घटनामा निजगढ नगरपालिका ८ खयरघारीका करिब कार्कीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार बिहान पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना।५।ख।८७६७ नम्बरको माल बहाक ट्रकले किच्दा कार्कीको घटनास्थलमै ज्यान गएको हो ।

ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •