ट्याक्टरको ठक्कद्धारा एक बालकको ज्यान गयो एक घाइते

काठमाडौं ः ट्याक्टरले ठक्कर दिदा अर्घाखाँचीको सन्धिखर्क ६ नरपानी जगतका बर्ष ७ का गोकुल थापाको ज्यान गएको छ ।

शनिबार साँझ लु ३ त १८१८ नम्बरको ट्याक्टर सन्धिखर्कबाट रतले तर्फ जादैगर्दा रतलेमा ठक्कर दिएपछी दुर्घटनामा गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान ज्यान गएको प्रहरीले बताएको छ ।

सोही दुर्घटनामा परी उनिसँगै रहेका भुमिकास्थान नगरपालीका ६ खिल्जीका बर्ष ८ अनुराग जिसी गम्भीर घाइते भएका छन्। अहिले जिसीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ।

उक्त ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •