ज्ञानेन्द्रको ठमेल नृत्य मनोरञ्जनात्मक भन्दा राजनितिक बढी ; प्रमोद गिरी

विचार

काठमाडौँ ठमेल मनोरञ्जनको ख्याति प्राप्त बजार हो । नाच गानको केन्द्रिय अड्डा हो। हजारौं मान्छे दैनिक आइराउनु अनौठो कुरा होइन तर पनि केही मान्छे ठमेलमा नाचेको खबरको चर्चाले बजार तातेको छ।

सुन्दा खुल्दुली र आष्चर्य चकित मुद्दामा जो कोहि देखिन्थे। चर्चा थियो पूर्वराजा ज्ञानेन्द् शाहको ठमेल को एक क्लबमा केही दिन अघि छोरी बुहारी सहित नाच गानमा रमाएको।

पारिवारिक वातावरणको नृत्य समारोहमा ज्ञानेन्द्र शाह अत्यन्त हर्शित मुद्दामा युवा मनोविज्ञानलाई आकर्षण गर्न तल्लीन देखिन्थे। आम नागरिकमा आफ्नो सहज र सरल उपस्थितिको आभास दिलाउन उद्दत उनको मनोभाव सहजै अनुमान लगाउन सकिन्छ।

भिडियोमा प्रशारित उक्त दृश्यलाई हेर्दा पारिवारिक भन्दा राजनैतिक बढी लाग्ने नृत्यनाटकको मञ्चन भइरहेको आभास जो कोहीलाई हुन्छ। जंगी निशान बोलको गीतमा रमाइरहेका हिमानी र प्रेरणा बीच ताल मेल खासै देखिदैन थियो । नाचमा प्रेरणाको अलिकति पनि ढंग देखिदैन थियो भने हाउभाउ वनावटी स्पष्ट हुन्छ । हिमानीको भने नाचमा कला प्रस्तुतको साथै जनमनमा आफ्नो स्थान बनाउने ध्येय झल्किन्थ्यो ।
पूर्वराजा ज्ञानेन्द्रको यो नाच व्यक्तिगत ठान्नेहरुको आफ्नै तर्क छ कि अब उनी आमनागरिकमा परिणत साधारण मनुवा वाहेक अरु केही होइनन। केही राजावादी परिचय रुचाउनेहरुको अर्कै तर्क छ कि ज्ञानेन्द्र राजनीतिक रङ्गमंचका अनिवार्य पात्र हुन र उनका गतिविधिमा तरङ्ग सवार हुन्छ ।

तर हामी जस्ता गणतन्त्रको आगमनमा थोरवहुत योगदान हुनेहरुको फरक र अनौठो भावना मानसपटलमा कैद भएको अनुभूति हुन्छ ।गणतन्त्र शब्दमा आफ्नो किशोर अवस्थाको उर्जा मिश्रित मिठास भाव प्रकट हुन्छ भने राजनैतिक इतिहासमा कलिला हातहरुको गर्विलो योगदानको स्मृतिले आफ्नो मनमस्तिस्क पुनर्ताजगी हुन्छ । गणतन्त्रप्रति को वितृष्णाको लहर समाजमा जवर्जस्त देखिन्छ ।

योस्तो अवस्था शिर्जना हुनुमा वर्तमान राजनैतिक नेतृत्वको प्रमुख भुमिका निश्चितरुपमा रहन्छ । सत्ता सञ्चालकहरुको कमजोरी नै गणतन्त्रप्रतिको जनमन कुडिनुको जिम्मेवार कारण हो।हजारौं मानिसको जीवनसँग साटिएको गणतन्त्रको यस्तो हालत होला भन्ने किन्चित विश्वास नहुने कुरा हो। त्यसैले त पूर्वराजा डिस्कोमा उफृन्छन् र गणतन्त्र हिमायतीहरु शसङ्कित हुन्छन।

गणतन्त्र अग्रगमनको एउटा खुड्किलो हो भन्ने ज्ञानको अभावमा पश्चगमनको यात्राको ओकालत गर्दै हिड्ने बुद्धिजीवीहरुको मानसिक अवस्था जाच्ने बेला भएन तसर्थ ज्ञानेन्द्रको उदण्डतालार्इ स्वभाविक ठान्ने र उफ्रन हौस्यौनेहरु नै वास्तविक समाज बिरोधि,इतिहास बिरोधी र गणतन्त्रका हत्यारा ठहरिने छन्। सत्ता उन्माद्मा लठ्ठीएका जानविरोधी हर्कतहरु गर्ने पनि उत्तिकै जिम्मेवारी हुनेछन्। समयमै घैटोमा घाम लागि इतिहासको जिम्मेवारी वहन गर्ने तर्फ अग्रसर हुनु नै इतिहासको पैयालार्र्इ सही दिशा प्रदान गर्नु ठहर्छ ।

कम्युनिस्टहरु जन्म जात गणतन्त्रवादी हुन्छन् भनिन्छ तर नेपाली कम्युनिस्टहरुको हालत फरक छ। तत्कालीन एमाले पार्टी गणतन्त्रको स्वागत गर्ने लाइनमा नेपाली काङ्ग्रेस भन्दा पनि पछिल्लो पङ्तीमा यो समाजले देख्नु परेको इतिहास उजाग।र गर्नु नै छ। गिरिजाप्रसादको बेबि किङ को पछाडि एमाले पङ्ती लाग्ने कुराले नेपाली कम्युनिस्टको हालत प्रष्ट हुन्छ ।

कम्युनिस्ट हुनुमा गर्व गर्न सक्ने नयाँ पीढीको मनोविज्ञान बन्नु अनिवार्य बनेको छ। आफुलार्इ बलियो बैकल्पिक शक्ति बनाउन लागिपरेको भुमिगत शैलीमा कृयाशिल विप्लव नेकपा जो आफूलाई वास्तविक जनयुद्धको प्रतिनिधीको रुपमा प्रस्तुत गरिरहेको छ,नेकपा नाममा नै गतिबिधी तिब्र पारिरहेको छ ।

अनि सरकारद्वारा प्रतिबन्धित छ। कतिपयले पुर्वराजा र बिप्लवलाई एकै नजरियाले हेर्ने प्रयास गर्दछन। त्यसो त प्रचण्डले जनयुद्धको क्रममा राजतन्त्र सगँ सहकार्यको चर्चा चलएकै छन्। तर परिवेश बदलिएको छ र यस्तो अबस्थामा कुनै कम्युनिस्टलाई मसानघाटमा खरानी र वाफमा परिनत राजासँग जोडि अफवाह फैलाउनु कम्युनिस्ट आन्दोलानका बिरुद्ध बीस वमनको प्रयास पनि हुनसक्छ वेलैमा सचेत होऔ।

ज्ञानेन्द्रको ठमेल नृत्यनाटक मनोरञ्जनात्मक भन्दा राजनैतिक थियो त्यो भावभङ्गिमा व्यक्त हुन्छ।त्यो नृत्यमा मात्र कुन्ठा र खिसिट्युरी रुपि राजनितिक चाल बाहेक अर्को कुनै अर्थ लुकेको छैन। समग्रमा भन्दा नृत्य अस्वभाविक कुन्ठा र षड्यन्त्र अनि त्यान्द्रे आशाको समिश्रण थियो।

सडकमा राष्ट्रियताको आवाज बुलन्द गर्ने विद्यार्थीमाथि लाठा मुङरी गर्ने सरकारलाई राजतन्त्र जिन्दावादको नारा किन प्रिय लागिराखेको छ । यो सरकारसङ्ग ज्ञानेन्द्रको मिलोमतोको आशङ्खा गर्ने ठाउँ प्रशस्तै छन। बाहिर बाहिर गणतन्त्रको गुनगान भित्र चाहिँ अर्कै खिचडीको, आभास नेपाली जनमनमा पर्दै छ।

जनयुद्ध र जनआन्दोलनको मर्म बिपरित हुने प्रत्येक गतिविधिले इतिहासको अवमूल्यन भैराखेको महसुस नेपाली जनताले गर्दै छन।पश्चगमन र प्रतिगामी हर्कत तुरुन्त बन्द होस ।गणतन्त्रको मानमर्दन गर्ने शक्तिले शिर ठाडो पार्ने स्थिति नवनोस।

जनतामा गणतन्त्रको जयजयकार हुने स्थिति निर्माणमा गणतन्त्रप्रेमी शक्तिको दरिलो एकता अनिवार्य सर्त हो।गणतन्त्र र अग्रगमन जिन्दावाद ।।पश्चगमनकारि

  •  
  •  
  •  
  •  
  •  
  •