जहाँ बोक्सीको आरोपमा महिलाहरुमाथि निर्घात कुटपिट हुन्छ

काठमाडौँ ; नेपालमा बारम्बार कुप्रथाको रुपमा रहदै आएको बोक्सी प्रथाले समस्या निम्त्याएको छ । त्यस्तै भर्खरै बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपीट भएको छ।

जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपीट भएको हो। शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपीट गरेको उत्तराका भाई शेरबहादुर महराले जानकारी दिएको छ ।

उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर उत्तरामाथि कुटपीट भएको बताएका छन् । बोक्सीको आरोपमा कुटपीट गरिएकी उत्तरालाई उपचारका लागि शनिबारराति नै जिल्ला अस्पताल बैतडी पुर्याइएको छ।

उत्तरामाथि कुटपीट भएको पुर्चौंडी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टी गरे। उत्तरामाथि कुटपीट भएको भन्ने कुरा सुनेपछि आफू गाउँमै पुगेको उनले भने तर कारण भने खुल्न सकेको छैन।

एकल महिला उत्तरामाथि बोक्सीको आरोपमा कुटपीट गरिएकाले आफू दीदीको उपचारकै लागि धनगढीबाट बैतडी पुगेको शेरबहादुर महराले जानकारी दिएका छन् । बोक्सीको आरोपमा महिलामाथि कुटपीट भयो भन्ने खबर आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताएका छन् । thahakhabar

  •  
  •  
  •  
  •  
  •  
  •