जहाँ बिश्व युद्धको बम भेटिएपछि, हजारौं मानिस विस्थापित

एजेन्सी : संसारमा अनेक थरी कुराहरू बाहिर आइरहेको अवस्थामा भर्खरै त्यस्तै घटना सार्वजनिक भएको छ । इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ ।

सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत नोभेम्बर २ मा सिनेमाको काम गर्ने क्रममा भेटिएको हो ।

मानिसलाई खाली गर्ने काममा एक हजार भन्दा धेरै सुरक्षाफौज खटिएका छन् । साथै २ सय ५० स्वयंसेवक यस काममा साथ दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •