जहाँ आठजनाले खाएको डिनरको ७० लाख बील

एजेन्सी ; संसारभर अनौठा प्रकृतिका घटनाहरु सार्वजनिक हुने गरेका छन् । भर्खरै सांघाइस्थित म्यागी रेष्टुरेन्टमा दुबईबाट आएका ८ जना ग्राहकका लागि विशेष रूपमा डिनर तयार गरिएको थियो ।

उक्त डिनर तयार पार्नका लागि झण्डै २ हजार वर्ष पुरानो साल्ट प्लेटको प्रयोग गरिएको थियो । यति महँगो बिलको भिडियो नै तयार गरी सोसल मिडियामा सार्वजनिक गरेपछि संसारभरी यसको चर्चा भएको हो । तर विडम्बना त्यो महँगो डिनरले चीनको कानून भने उल्लंघन गरको छ ।

सम्बन्धित सरकारी अधिकारीहरूले उक्त रेष्टुरेन्टको लाखौंको डिनरका विषयमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । रोचक त के भने कुल २० वटा परिकारका लागि ७० लाखको बिल तयार गरिएको थियो ।

रेष्टुरेन्टका मालिकले पाहुनाका लागि लाखौं रुपैयाँको डिनर सर्भ गरेको स्वीकार गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •