घुससहित नापी कार्यालयका अमिन अख्तियारको फन्दामा

काठमाडौं ः नापी कार्यालय बेलबारीका अमिन दिनेशकुमार शाह घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

७ हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले साहलाई रंगेहात पक्राउ गरेको हो । सोमवार दिउँसो बेलबारी– १० भाउन्ने पुगेका साहको पिछा गर्दा गर्दै अख्तियारको टोली त्यहाँ पुगेको थियो ।

स्थानीय पदमबहादुर श्रेष्ठको जग्गा नापी गरी सीमाङ्कन गर्न आएका शाहले सोही ठाउँका नरबहादुर तामाङसँग घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका निमित्त कार्यलय प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •