गायक तथा मोडल दुर्गेश थापा र मोडेल सोनिका रोकायासँगै देखिदै

काठमाडौं ः पछिल्लो समय धेरैनै दर्शक स्रोताले अत्याधिक रुचाइएका गायक तथा मोडल दुर्गेश थापाले यो समय एकपछि अर्को हिट गीत निकाल्ने तयारी गर्दै आइरहेका छन् ।

यसेमा उनले भर्खरै मात्र ‘वीर गोर्खाली’ बोलको गीत बजारमा लिएर आएका थिए । समय समयमा निकैनै चर्चामा आइरहने युट्युवर तथा मोडेल सोनिका रोकाया र दुर्गेश थापा फिचर्ड नयाँ भिडियो गीत बजारमा आउने भएको छ ।

उक्त गीतको हालै मात्र छायांकन सम्पन्न भएको छ र अब सो गीत चाडै बजारमा आउने मोडेल रोकायाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् । भर्रखरै मात्र सोनिका रोकाया फिचर्ड नयाँ देउडा गीत पनि सार्वजनिक भएको थियो ।

जुन गीतमा टंक तिमिल्सिना र रेखा जोशीको आवाज रहेको छ । रमाइलो अनि रोचक अन्तर्वार्ता लिँदै आएकी सोनिकालाई अहिले युट्युव भन्दापनि मोडलिङ तिर व्यस्त रहेको देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •