गाजर मानव स्वस्थयको लागि निकै फाईदाजन हुन्छ, जानिराखौँ

काठमाडौँ ; विशेष गरेर साग सब्जी र तरकारीहरुले मानिसलाई स्वस्थ बनाउन सहयोग पुर्याउछ । त्यस्तै गाँजर स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ । यसलाई काँचै, सलाद, तरकारी, अचार बनाएर पनि खान सकिन्छ । गाँजरमा उच्च मात्रामा बेटा क्यारोटिन पाइन्छ ।

त्यस्तै, गाँजरमा भिटामिन एु, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि प्रसस्त मात्रामा पाइन्छ । गाँजर खानाले क्यान्सर लगाउने कोषलाई नष्ट गरि फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ ।

गाँजरमा भएका विभिन्न खालका पोषक तत्व, भिटामिन सी र एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतालाई बढाएर शरीरमा विभिन्न प्रकारको रोग लाग्नबाट बचाउने गर्छ गाँजरको सेवनले महिनावारी अनियमित भएको समस्यालाई पनि केहि हद सम्म हटाउछ ।

गर्भधारणका बेला गाँजर खानाले गर्भको बच्चाको विकासमा निकै सहयोग पुग्छ र गर्भ तुहिने सम्भावना पछि घटेर जान्छ ।गाँजरमा रेसादार फाइबर पाइने हुदा यसको सेवनले खाना छिट्टै पच्ने हुन्छ जसकारण पेटसम्बन्धि विभिन्न रोगहरू लाग्न दिदैन ।

साथै, गाँजरको सेवनले छाला तथा शरीरको चिल्लोपन र चमकलाई जोगाएर खुम्चिन दिँदैन । यसले छाला चाउरी पर्न दिदैन् र जवान राख्न मद्दत गर्छ । गाँजरको जुसले छालामा भएका धब्बाहरूलाई हटाइ कपालको वृद्धि गर्नुका साथै बाक्लो बनाएर सुक्खा हुनबाट बचाउँछ ।

गाँजर खानाले पिसाबका साथै रगत पनि सफा हुने गर्छ । यसको सेवनले खराब कोलस्टेरोललाई हटाइ उच्च रक्तचाप हुनेहरूको लागि निकै फाइदा गर्छ र हृदयाघात हुने सम्भावनालाई पनि घटाउने गर्छ ।

यसले गिजा बलियो बनाउनुका साथै दाँतमा एसिड उत्पादन गरेर मुख र दाँतको सडनका लागि जिम्मेवार भएका किटाणुहरुलाई मार्न सहयोग गर्दछ ।

गाँजरले आँखाको रेटिनाको स्वास्थ्यमा फाइदा गर्ने हुनाले आँखा देख्न सक्ने क्षमतामा वृद्धि गरि रतन्धो हुनबाट जोगाउनुका साथै दाँत र हड्डीको विकासमा सहयोग गर्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •