कास्कीका विद्यार्थी नेतृ आस्थासहित एक बृद्ध पक्राउ

पोखरा ; सरकारले राजनीतिक प्रतिबन्ध लगायतदेखि विप्लव नेकपाका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम तिब्र भइरहेको अवस्थामा विप्लव नेकपा निकट विद्यार्थी संगठन कास्कीका कार्यबाहक अध्यक्ष तथा केन्द्रीय सदस्य आस्था नेपाली र बृद्ध किसान मेघनाथ आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ लामगादी निवासी ६७ वर्षीय मेघनाथ आचार्यलाई विप्लवको कार्यकर्ता भनेर सोधपुछको लागि भन्दै बिहीबार साँझ ७ बजे पक्राउ गरेको हो । उनी लेखनाथ क्षेत्रमा नै दुग्ध उत्पादक किसानका रुपमा परिचित छन्।

उनलाई आफनै घरमा गाईभैंसीको स्याहारसुसार गरिरहेको अवस्थामा गगनगौंडा प्रहरी चौकीका प्रहरीले पक्राउ गरेको हो । त्यस्तै कास्की जिल्लाकी कार्यबाहक अध्यक्ष आस्था नेपालीलाई स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नम्बर १ हुमिकोटबाट करिब एक हप्ता अघि पक्राउ गरेको हो ।

उनी आफ्ना माहिला हजुरबुबा टहलसिंह नेपालीको स्वर्गारोहण पछि हुने धार्मिक परम्परामा सहभागी हुन् आफ्नो पुर्ख्यौली थलो पुगेकी नेत्री थिईन् ।

  •  
  •  
  •  
  •  
  •  
  •