ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना थुनुवाहरु फरार

काठमाडौं ः सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना पुरूष थुनुवाहरु फरार भएका छन्। हिरासतबाट खाना खान जाने समयमा पछाडिको ढोकाबाट उनीहरु फरार भएका हुन्।

आज कल्याणपुर गाउँपालिकामा उपनिर्वाचन भएको मौका पारेर थुनुवाहरु फरार भएका छन्। खोजीको क्रममा फरार भएका मध्ये प्रहरीले एक जना थुनुवालाई पक्राउ गरेको छ। सीमा सिल गरेर बाकी कैदीको खोजी भैरहेको छ।

उप निर्वाचनको मतगणनाको सुरक्षा ब्यवस्थापन मिलाउन कल्याणपुरमा रहेका सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी आफै फरारको खोजीमा खटिएका छन्। अहिले जिल्ला भरिका प्रहरीलाई उनीहरुको खोजि कार्यमा परिचालन गरिएको छ । सो घटनाको कारण खुलाइएको छैन।

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *