आफ्ना दुई नेता गिरफ्तारको विरुद्ध मोर्चाले निकाल्यो कडा विज्ञप्ति

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपा निकट दलित मुक्ति मोर्चा नेपालले आफ्नो केन्द्रीय सचिवालय सदस्य तथा सगरमाथा क्षेत्रीय व्यूरो संयोजक त्रिलोचन विश्वकर्मा र केन्द्रीय सदस्य तथा सेतीमहाकाली क्षेत्रीय संयोजक टेकबहादुर विक लगायतका नेताहरुलाई सरकारले गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ। मोर्चाका अध्यक्ष डम्मर बहादुर विकले विज्ञप्ति निकाल्दै मोर्चाका नेता पक्राउको कडा विरोध जनाउनुभएको छ ।

विकले निकालेको विज्ञप्तीमा भनिएको छ,’हाम्रो पार्टी,जवस मोर्चाका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, हत्या गर्ने, गोली हान्ने र राजनीतिक अास्थाका अाधारमा मुद्धा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्ती युद्धमा धकेली जनतामाथि थप शोषण गर्नु,दमन गर्नुका साथै देशमा विदेशी शक्तिको चलखेल बढावा दिएको कुरा स्पष्ट भएको भन्दै यस्तो नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •