आगलागी हुँदा ११ लाख बराबरको क्षति

काठमाडौँ ; नेपालमा दैनिक रुपमा आगलागी भएको समाचार आइरहेको समयमा आज भर्खरै त्यतै भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका(९ चैनपुर भन्ने ठाउँमा एक पसलमा आगलागी छ । स्थानीय कृष्णानन्द जोशीको पसल तथा होटेलमा आगलागी भएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले बताए ।

आगलागीबाट ११ लाख १४ हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट पसल र पसलभित्र रहेका सामग्री जलेर नष्ट भएका छन्। प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको थियो

  •  
  •  
  •  
  •  
  •  
  •  
0 replies

Leave a Reply

Want to join the discussion?
Feel free to contribute!

Leave a Reply

Your email address will not be published. Required fields are marked *