आगजनी हुँदा ५० लाख बराबरको क्षति

काठमाडौं ः खोटाङको बामराङमा विद्युत सर्ट भएर आगजनी भएको छ । उक्त आगजनी हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(३ बामराङ बस्ने गोपी कटवालको घरमा क्षति पुगेको हो ।

मंगलबार बिहानको समयमा उक्त आगजनी हुँदा घर तथा विभिन्न सामानहरु जलेर लगभग ५० लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ । उक्त आगजनीलाई नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगजनीको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •